Dhulikhel Eco Banner new

याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ देखि आईपीओ जारी गर्ने

2.29K
shares

काठमाडौं, २८ फागुन । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति प्राप्त गरेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

आयोजना प्रभाविततर्फको आईपीओका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीतर्फ छुट्याइएको शेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीले आवेदन दिन पाउनेछन्।

आईपीओमा आवेदन दिँदा आयोजना प्रभावितले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म माग गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार आयोजना प्रभाविततर्फको निष्काशन छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीतर्फको निष्काशन भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ।

आयोजना प्रभावित स्थानीयले सिन्धुपाल्चोकस्थित कम्पनीको कार्यालयसहित सिन्धु विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेडको जुगल गाउँपालिकास्थित शाखा कार्यालय तथा सिन्धु विकास बैंकको चौतारास्थित कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।