Dhulikhel Eco Banner new

प्रतितोला २ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.6K
shares

काठमाडौं, २८ फागुन । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख १९ हजारमा कारोबार भएको छापावाल सुन बिहीवार घटेर प्रतितोला ३ लाख १७ हजारमा कायम भएको छ ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला ५ हजार ७२० कारोबार भएको चाँदीको बिहीवार प्रतितोला ५ हजार ५१५ रुपैँयामा कायम भएको छ ।