दोहोरो अंकले बढ्यो शेयर बजार, २८०० बिन्दु माथि उक्लियो नेप्से
वि.सं.२०८२ फागुन २८ बिहीवार १५:०६
shares

काठमाडौं, २८ फागुन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.८७ अंकले बढेर २,८२० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ५५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.७२ प्रतिशतका दरले गुमाएका छन् ।














