Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.69K
shares

काठमाडौं, २८ फागुन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.८७ अंकले बढेर २,८२० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ५५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सालपा विकास बैंक रिलायन्स स्पिनिङका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन नेशनल हाइड्रोका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने होटल फरेस्टका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, दरमखोला हाइड्रोका लगानीकर्ताले ९.४६ प्रतिशतका दरले कमाएका छन् ।