नेपाल पुनर्बीमा कम्पनीको २१ लाख बढी संस्थापक शेयर लिलामीमा
वि.सं.२०८२ फागुन २९ शुक्रवार १०:३५
shares

काठमाडौं, २९ फागुन । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बढाबढमार्फत बिक्रीमा राखिएको छ।
कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँ तोकेर उक्त शेयर लिलामीमा राखेको हो। यो शेयर सबै इच्छुक लगानीकर्ताले खरिद गर्न सक्नेछन्। तर बोलपत्र पेश गर्दा भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ५ गतेदेखि चैत १९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र फाराम प्राप्त गर्न तथा बुझाउन काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा जान सकिनेछ।













