बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ राख्दै राष्ट्र बैंक
वि.सं.२०८२ फागुन २९ शुक्रवार १०:५१
shares

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले आफ्नो कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई चैत १ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार कुल लगानी रकममध्ये वाणिज्य बैंकहरूमा ८८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा राखिनेछ।
यो रकम सन् २०२६ मार्च १९ देखि सन् २०२७ मार्च १९ सम्म अर्थात ३६६ दिनका लागि मुद्दति निक्षेपका रूपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।












