एकैदिन प्रतितोला २ हजार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ फागुन २९ शुक्रवार ११:४७
shares

काठमाडौं, २९ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला २ हजार ८ सयले घटेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख १७ हजारमा कारोबार भएको छापावाल सुन शुक्रवार घटेर प्रतितोला ३ लाख १४ हजार २ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला ५ हजार ५१५ कारोबार भएको चाँदीको शुक्रवार प्रतितोला ५ हजार ४९५ रुपैँयामा कायम भएको छ ।














