Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ४ हजार ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

871
shares

काठमाडौं, १ चैत । स्थानीय बजारमा आइतवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ४ हजार ८ सयले घटेको हो ।

महासंघका अनुसार शुक्रवार प्रतितोला ३ लाख १४ हजार २ सयमा कारोबार भएको छापावाल सुन आइतवार घटेर प्रतितोला ३ लाख ९ हजार ४ सयमा कायम भएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला ५ हजार ४९५ मा कारोबार भएको चाँदी आइतवार प्रतितोला ५ हजार २७० रुपैँयामा कायम भएको छ ।