Dhulikhel Eco Banner new

नवीकरण नगरेपछि सुविधा मनि चेन्जरको इजाजतपत्र रद्द

819
shares

काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले झापामा सञ्चालित एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। बैंकले आइतबार सूचना जारी गर्दै सुविधा मनि चेन्जर प्रा.लि. को मनिचेञ्जर इजाजतपत्र रद्द गरिएको जनाएको हो। उक्त कम्पनी मेचीनगर नगरपालिका–६, झापामा सञ्चालित थियो।

बैंकका अनुसार कम्पनीले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।

राष्ट्र बैंकले सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको जनाएको छ।