Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

858
shares

काठमाडौं, १ चैत । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुखमा कोशी, बागमति र लुम्बिनी प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशी प्रदेशको विराटनगर, इटहरी र पथरीकबा लागि, बागमति प्रदेशको महाराजगञ्ज, पुतलीसडक, बत्तिसपुतली र नेपालटारका लागि र लुम्बिनी प्रदेशको भालुवाङका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले प्रकाशित सूचनाअनुसार दक्ष तथा अनुभवी नेपाली नागरिकबाट आवेदन माग गरिएको हो।

ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीका अनुसार जीवन बीमा, बैंक तथा वित्तीय संस्था र लघुवित्त क्षेत्रमा काम गरेको अनुभव भएका आवेदकलाई प्राथमिकता दिइनेछ।