Dhulikhel Eco Banner new

नेपाल राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५०० रुपैयाँको नयाँ नोट

494
shares

काठमाडौँ, ३ असार । बुधवारदेखि तपाईँको हातमा ५०० को नयाँ नोट आउँदै छ । नेपाल राष्ट्र बैंकले पाँच सयका नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो । नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ ।

साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन् ।

सगरमाथा हिमालको दायाँतर्फ सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ । नोटमा गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत छ ।