गणना नमिल्दा ११ बैंकले तिरेनन् साढे २ अर्ब कर, महालेखाले उठायो प्रश्न

वि.सं.२०७९ असार ३० बिहीवार १०:२९
shares

काठमाडौं, ३० असार । ११ बैंक तथा वित्तीय संस्थाहरुले ठूलो रकम कर नतिरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । विगतमा मर्जर तथा एक्वीजिसनमा गएका ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले तिर्नुपर्ने करको गणना नमिलेको भन्दै महालेखा परिक्षकले प्रश्न उठाएको हो ।
महालेखा परिक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको ५९ औं बार्षिक प्रतिवेदनमा मर्जर तथा एक्वीजिशनको नाममा गैर कानुनी रुपमा कर छुट लिने ११ वटा बैंक तथा वित्तीय संस्थाबाट कर असुल्न कर कार्यालयलाई निर्देन दिएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको नेपाल वित्तीय प्रतिवेदनमा पनि मर्जर तथा प्राप्तिमा गएका संस्थाहरुले बिजनेश कम्बिनेशन वापत प्राप्त लाभलाई नाफामै गणना गर्ने व्यवस्था गरेकोले आयकर ऐन २०५८ को दफा २२ विपरित हुने गरी छुट लिएका ११ बैंकबाट कर असुल गर्न सम्बन्ति कर कार्यालयलाई महालेखाले निर्देशन दिएको हो ।