सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने

वि.सं.२०७९ असार ३० बिहीवार ११:०१
shares

काठमाडौं, ३० असार । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर सफल भएमा बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी सहज रुपले पुग्नेछ ।
हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।
बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सफल मर्जर भै सकेको छ। त्यसपछि प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले पनि मर्जरमा सहमति गरेका थिए । जीवन तर्फ प्राइम, गुराँस र युनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफले मर्जरको सहमति गरेका छन । तर अहिलेसम्म जीवन तर्फ कुनै पनि बीमा कम्पनीले एकिकृत कारोबार भने गरेका छैनन् ।