Dhulikhel Eco Banner new
HRM

साउनबाट फेसवुक र टिकटकले कर तिर्नुपर्ने, नतिरे प्रतिबन्ध

5.51K
shares

काठमाडौं, ३० असार । आगामी १ साउनदेखि फेसवुक, टिकटक जस्ता समाजिक सञ्जालहरु पनि करको दायरामा आउने भएका छन् । सरकारले विद्युतिय सर्भिस ट्याक्स सम्बन्धी कार्यविधि बनाएर लागू गर्न लागेको हो ।

यो कार्यविधि लागू भएसँगै सबै सामाजिक सञ्जालहरु करको दायरामा आउने आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्यले बताएका छन् । उनका अनुसार कानून अनुसार करको दायरामा नआउने कम्पनीहरुलाई भने दुरसञ्चार प्राधिकरणको सहकार्यमा प्रतिवन्ध लगाउन सकिनेछ ।

सामाजिक सञ्जालहरुले तिर्नु पर्ने करका विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । अन्य देशहरुमा फेसवुक, ट्वीटर जस्ता सामाजिक सञ्जालले अफिस नै खोलेर सम्बन्धित देशलाई कर तिर्ने गरेका छन् । तर नेपालमा कानून नै नहुँदा यसको व्यवस्थापन हुन सकेको थिएन ।