Dhulikhel Eco Banner new

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

3.73K
shares

काठमाडौं, २६ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेड बाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६% का दरले हुन आउने रकम १३ करोड,७६ लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको व्यहोरा सबैमा जानकारी गराउदछौं ।

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराउदछौं ।

विगत ३ वर्षमा सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको सबैमा जानकारी कम्पनीले जनाएको छ ।