पत्रकार दाहालले युएईमा खोले रेष्टुरेन्ट, नेपालीलाई चुल्हे निम्तो

वि.सं.२०८१ भदौ १५ शनिवार १६:२९
shares

काठमाडौं । नेपाली पत्रकार फणिन्द्र प्रसाद दाहालले युएईमा रेष्टुरेन्ट सञ्चालमा ल्याएका छन् । सम्पूर्ण प्रकारका नेपाली खाना परिकार पाउने गरी युएईको राजधानी अवुदावीमा दाहालले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
अर्थप्रधान सञ्ञ्चारमाध्यमहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का संस्थापक कोषाध्यक्ष समेत रहेका दाहाल नेपाल रहदा वैदेशिक रोजगार सम्बन्धी क्षेत्रमा कलम चलाउथे । उनी आफै सञ्चालक रहेको रोजगार मिडिया अहिले पनि काठमाडौंमा सञ्चालित छ ।
साझेदारीमा मिडिया सञ्चालन गरेर पत्रकारितामा सक्रिय दाहाल गत वर्ष अमेरिका पुगेका थिए । धेरैले आफूलाई अमेरिकामा नै बस्न सुुझाव दिए पनि व्यवसायका लागि भने आफूले मध्यपूर्व क्षेत्र नै रोजेको दाहाल बताउछन् ।
अमेरिकाबाट फर्केर केही महिना अघि नै अवुदावीमा रेष्टुरेन्ट सञ्चालन गरे पनि हालैमात्रै उनले आफ्नो व्यक्तिगत बनाएका हुन् । अबुदावीको अल्फला स्टटिट सुडानी क्लबसँगै रहेको दाहाललको रेष्टुरेन्टमा एकै पटक ८५ जनाले बसेर खाना खान सक्ने सिट क्षमता रहेको छ । उनले आम नेपालीहरुलाई आफ्नो रेस्टुरेन्टमा खाना खान आउन सामाजिक सञ्जाल फेसवुकबाट चुल्हे निम्तो समेत दिएका छन् ।