GBIME

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

4.82K
shares

काठमाडौं, १२ असार । बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । डलर, भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने गर्न पाइदैन । यसमा नियम लागू हुन्छ ।

यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ ।

बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड (इन्टरनेट) बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ । आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ ।

नेपालमा भने बिटक्वाइनको कारोबार अवैध मानिन्छ । नेपाल सरकारले नेपालभित्र नेपाली मुद्रा कारोबार मात्र वैध मानेको छ । नेपाली मुद्राबाहेक अन्य मुद्रा विदेशमा कमाएर ल्याउन पाइन्छ, तर नेपालमा त्यसलाई बैंक वा मनी चेन्जरमार्फत नेपाली मुद्रामा साटेर मात्र कारोबार गर्न पाइन्छ ।

नेपालमा अवैध मानिएपनि विभिन्न समयमा बिटक्वाइनको कारोबार भइरहेको पाइएको छ । अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ ।

त्यस्तै, बिटक्वाइनमार्फत पैसाको अवैध स्थानान्तरण (हुन्डी) पनि हुने गरेको फेला परेको छ । कालोधनलाई बिटक्वाइनमा लगानी गर्ने, सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग गर्ने लगायतका कर्यहरु नेपालमा भइरहेको छ ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?