Dhulikhel Eco Banner new

डा. राउतद्वारा भारदह बहुमुखी क्याम्पस भवनको शिलान्यास

9.18K
shares

काठमाडौं, ३१ वैशाख । जनमत पार्टीका वरिष्ठ नेता एवं राष्ट्रिय परिषदका अध्यक्ष डा. जयकान्त राउतले भारदह बहुमुखी क्याम्पस भवनको शिलान्यास गरेका छन् । सोमबार सप्तरी निर्वाचन क्षेत्र नं १ को हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको भारदह बहुमुखी क्याम्पस भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै डा. राउतले शिक्षा समाज परिवर्तनको मुल भएकाले स्थानीय सरकारलाई गुणस्तरीय र सर्वसुलभ शिक्षामा विशेष जोड दिनपर्ने बताएका थिए ।

भारदहलाई शिक्षा र पर्यटनको हवकोरुपमा विकास गर्न आफुहरु प्रतिवद्ध रहेको समेत उनले बताएका छन् । डा. राउत प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बीरेन्द्र माझीले गरेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य एवं अर्थ तथा योजना समितिका सभापति माननीय सतिस कुमार सिंह, प्रदेश सभा सदस्य सकिल अलि, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरेन्द्र मंडल, बी. पी. मा. बि. भारदहका व्यवस्थापन समितिका अध्यक्ष राज कुमार गाइम, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय वुद्धिजीवी, समाजसेवी, विद्यार्थी, सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

डा राउत २०७९को आम निर्वाचनमा यही क्षेत्रको प्रतिनिधि सभाकोलागि प्रत्यासी उम्मेदवार समेत हुन् । राजनीतिमा आउनु भन्दा अगाडी डा. राउत नास्टका वरिष्ठ कृषि वैज्ञानिक रुपमा कार्यरत थिए ।