Dhulikhel Eco Banner new

लघुवित्त संस्थाहरू सुधारोन्मुख, लचिलो नीति आवश्यक : सीईओ चौधरी

897
shares

काठमाडौं, १४ असार। स्वाभिमान लघुवित्तय वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत सिईओले क्षेत्रको अवस्था क्रमश सुधारोन्मुख, लचिलो नीति आवश्यक बन्दै गएको बताएका छन् ।

केटिएम भ्वाइससंगको कुराकानीमा सिईओ विष्णु राज चौधरीका अनुसार पहिलेको तुलानामा खराब कर्जा घट्दै गएको छ । भने समग्र वित्तिय सुचकहरुमा पनि सकरात्मक सुधार देखिन थालेको छ ।

उनका अनुसार संस्थाको सम्पत्ति गुणस्तरमा सुधार देखिन थालेको छ भने ऋण असुली पनि विस्तारै प्रभावकारी बन्दै गएको छ। कर्जा असुलीलाई प्रभावकारी बनाउन ग्राहकसँग निरन्तर छलफल गर्ने, पत्राचार गर्ने, आवश्यक परे ब्ल्याकलिस्टिङ प्रक्रिया अघि बढाउने तथा केही अवस्थामा ब्याज छुट दिने जस्ता उपाय अपनाइएका छन्।

चौधरीले पछिल्लो समय लघुवित्त संस्थाहरू कर्जा असुलीमा केही आक्रामक रूपमा अघि बढेको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव देखिन थालेको बताए।

उनले हाल नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तयार गरिरहेको उल्लेख गर्दै आगामी नीतिमा लघुवित्त क्षेत्रका विषयलाई पनि समेटिने अपेक्षा व्यक्त गरे। उनका अनुसार क्षेत्र सुधारतर्फ उन्मुख भए पनि सबै समस्या एकैपटक समाधान हुने अवस्था भने छैन।

चौधरीले कर्जा प्रवाहसम्बन्धी नीतिहरूको कडाइका साथ पालना भइरहे पनि ग्राहकसँगको सम्बन्ध सुदृढ बनाउन आवश्यक रहेको बताए। अत्यधिक कडा नीति मात्र लागू गर्दा अपेक्षित सुधार हासिल गर्न कठिन हुने भएकाले केही लचिलो नीति अवलम्बन गर्न सके लघुवित्त क्षेत्रको पुनरुत्थानमा थप सहयोग पुग्ने उनको भनाइ छ।

उनले पछिल्लो समय देखिएको सुधारलाई दिगो बनाउन नियामक, लघुवित्त संस्था र ग्राहकबीच समन्वय तथा व्यावहारिक नीति आवश्यक रहेको पनि बताए।