Dhulikhel Eco Banner new

खिम्ती–घ्वाङ जलविद्युत् आयोजना चैतभित्र सक्ने वन्डर्स इनर्जीको लक्ष्य

975
shares

काठमाडौं, १४ असार । वन्डर्स इनर्जी प्रालिले निर्माण गरिरहेको ९ मेगावाट क्षमताको खिम्ती– घ्वाङ साना जलविद्युत् आयोजना २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढिरहेको जनाएको छ।

कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारणसभामा कार्यकारी सञ्चालक प्रकाश दुलालले आयोजनाको प्रगति विवरण प्रस्तुत गर्दै आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको जानकारी दिए।

उनका अनुसार आयोजनाको कुल लागत करिब १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यसमध्ये १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबी बैंकसँग समझदारी अन्तिम चरणमा पुगेको छ। बाँकी ६५ करोड रुपैयाँ स्वपुँजीमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी ३० करोड रुपैयाँ आगामी असोजभित्र जुटाउने गरी काम भइरहेको उनले बताए।

साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गरी १ अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। नयाँ संरचनाअनुसार ७० करोड रुपैयाँ स्वपुँजी र ३० करोड रुपैयाँ प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जुटाइनेछ।

त्यसैगरी, आयोजनाका लागि आवश्यक बैंक ऋण लिन तथा सम्बन्धित प्रक्रिया अघि बढाउन कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।