Dhulikhel Eco Banner new

उत्पादनमुखी मौद्रिक नीतिमा जोड, उद्योग सञ्चालनबाट अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा

442
shares

संगिता घोरासैनी

काठमाडौं,७ असार । महुली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले आगामी मौद्रिक नीति उत्पादनमुखी हुनुपर्ने बताएका छन्।

केटिएम भ्वाइससँगको कुराकानीमा सीईओ सरोज सिंहले वर्तमान आर्थिक अवस्थाको व्यवस्थापनमा मात्र केन्द्रित नभई जनसरोकारका विषयलाई समेत सम्बोधन गर्न सक्ने नीति आवश्यक रहेको बताएका छन् ।

उनले उत्पादन र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर मौद्रिक नीति तर्जुमा गरिनुपर्ने उल्लेख गर्दै देशभर रहेका उद्योग तथा कलकारखानाहरूलाई सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्नुपर्ने बताए।

“मौद्रिक नीति उत्पादनमुखी हुनुपर्छ। अहिलेका उद्योग–कलकारखानाहरूलाई सञ्चालन गर्न सकिने वातावरण बनाउने खालका व्यवस्था आवश्यक छन्,” उनले भने।

उनका अनुसार उद्योग तथा उत्पादन क्षेत्रको क्षमता र कार्यक्षमता वृद्धि हुन सके आर्थिक गतिविधि विस्तार हुने, रोजगारी सिर्जना हुने र समग्र अर्थतन्त्रले गति लिनेछ। उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने तथा उद्योग सञ्चालनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिए अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ।

सीईओले आगामी मौद्रिक नीतिले उत्पादन, लगानी र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनका अनुसार उत्पादन क्षेत्र सुदृढ भए आर्थिक सुधारको आधार समेत बलियो बन्नेछ।