Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

364
shares

काठमाडौं, १ साउन । सिद्धार्थ बैंक लिमिटेड ले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सकिने छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम रु ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सकिने छ भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने छ । यस सुविधामार्फत ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्नु हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैंकको काठमाडौं स्थित न्यूरोड गेट शाखाबाट उपलब्ध छ ।