GBIME

निजु राजभण्डारी : जो ४४ वर्षदेखि औसधी व्यवसायमै सक्रिय छन्

1.7K
shares

काठमाडौं, २३ वैशाख । नेपालका सरकारी कार्यालय वा गैरसरकारी कार्यालयहरुमा सामान्यता ३० वर्षमा अनिवार्य अवकास हुने व्यवस्था छ । निजी क्षेत्रकै कुरा गर्ने हो भने पनि एकै क्षेत्रमा धेरै रामो समय बिताउनेको संख्या कमै छ । ति कम मध्येमा पर्छन, औसधी उद्योगी निजुराज भण्डारी ।

आफूले करिअरको सुरुमा जुन व्यवसायमा हात हाले ४४ वर्षसम्म सोही क्षेत्रमा निजु राजभण्डारी सक्रिय छन् । अर्थात, उनको अरिअर औसधी व्यवसायबाटै सुरु भएको थियो, अहिले पनि औसधी व्यवसायमा नै सक्रिय छन् ।

नेक्सजेन द अनसिन स्टोरीको चौथो भागमा आज हामी उनै निजु राजभण्डारीको जीवन भोगाईको यात्राबारे तयार पारिएको कुराकानी प्रस्तुत गर्दैछौँ । वि.सं. २०१६ साल भदौमा पसौको वीरगञ्जमा जन्मिएका निजुको बाल्काल वीरगञ्जमै वित्यो ।

जतिबेला उनको स्कुल जाने उमेर भयो, त्यतिबेला अहिलेको जस्तो स्कुलहरु थिएनन् । उनले पाटीमा पढे । अर्थात पाटीमै उनको प्राथमिक तहका केही वर्ष वित्यो । पछि भने वीरगञ्जमा स्कुल खुल्यो । २०२१ सालमा प्रमिण आदर्श शिक्षालयको स्थापना भएको थियो । उनले सोही स्कूलमा ६ वर्ष अध्ययन गरे । कक्षा सातका लागि त्रिजुद्ध स्कुलमा भर्ना भएका निजुले २०३० सालमा एसएलसी उतिर्ण गरे । वाणिज्य शास्त्रमा आईकम हुँदै २०३५ सालमा स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेपछि उनी व्यवसायमा होमिएका हुन् ।

२०३७ सालमा उनले पितृ शोकको पीडा बेहोर्नुपर्यो । बुवाको निधन पछि पारिवारिक जिम्बेवारी पनि उनको काधमा थपियो । उनी औसधी व्यवसायमा लागे । औसधी व्यवसाय नै रोज्नुको प्रमुख कारण भने उनका भिनाजु हुन् । भिनाजुको उत्प्रेरणाले नै औसधी व्यवसायमा होमिए । २०४२ सालमा भिनाजुसँगै मिलेर औसधी उद्योग खोलेका थिए ।

उनले जीवनमा कतै जागिर खाएका छैनन् । न त खुद्रा व्यापार नै गरेका छन् । उनको पारिवारिक इतिहास भने व्यापारीक होइन् । निजुका बुवा बैंकर थिए । नेपाल बैंकमा लामो समय जागिर खाएर रिटायर्ड बुवाका छोरा भएकाले उनले चाहेको भए जागिरे हुन गाह्रो थिएन । तर, उनले जागिर होइन व्यवसाय नै रोजे । व्यवसाय गर्ने क्रममा भने निजुले अन्य साथीहरुसँग मिलेर क्वेष्ट फर्मास्युटिकल्स खोलेका थिए ।

अनसिन स्टोरीमा उनले आफ्ना साथीहरुका प्रसंगबारे पनि केही खुलाएका छन् । जीवन बीमा कम्पनीकै पहिलो सीईओको छवी बनाएका नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालिका अध्यक्ष रमेशकुमार भट्टराई उनका सहपाठी रहेछन् । स्नातक पढ्दासम्म भट्टराईसँग उनको निकै राम्रो दोस्ती थियो । अहिले पनि उनीहरुको दोस्ती खुब कायम छ । भट्टराई पनि आफू र निजु ‘लगौटिया यार’ भएको सुनाउछन् ।

बाल्यकालदेखि हालसम्म उनको अनुभवबारे गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्

Follow Up

भन्सारको जागिर छाडेर पर्यटन व्यवसायमा चम्किएका माधव (भिडियो सहित)

भन्सारको जागिर छाडेर पर्यटन व्यवसायमा चम्किएका माधव (भिडियो सहित)

शिखर सुज : रामकृष्णको संघर्षले बनेको नेपाली ब्राण्ड

शिखर सुज : रामकृष्णको संघर्षले बनेको नेपाली ब्राण्ड