Dhulikhel Eco Banner new

रोटरी क्लब डिल्लीबजारले बाड्यो ५४ भैसी

7.27K
shares

काठमाडौं, ३१ वैशाख । रोटरी क्लब अफ डिल्लीबजारले ५४ वटा भैसी वितरण गरेको छ । क्लबले काभ्रेको कुन्तावेसीका विपन्न परिवारलाई ५४ भैसी वितरण गरेको हो ।

काभ्रे कुन्तावेसीका विपन्न परिवारको आर्थिक सुधार तथा बालबालिकाको शिक्षाका लागि भन्दै गत शनिबार १४ भैसी वितरण गरिएको क्लब सदस्य बबिता बस्नेतले जानकारी दिइन् । बस्नेतका अनुसार १० वर्ष नै क्लबले ४० भैसी वितरण गरेको थियो ।

‘अहिले ती परिवारको अवस्था हेर्दा त्यो बेला भन्दा आर्थिक अवस्था निकै सुधार आएको पाइयो, उनीहरुका केटाकेटीहरु पनि सबै स्कूल गइेरहेको देखियो’ बस्नेतले भनिन् ।

रोटरी क्लबले यसपालि अरु विपन्न वर्ग छानेर थप १४ वटा भैसी वितरण गर्ने योजना रहेको क्लबकी अध्यक्ष इन्दिरा पौडेल पराजुलीले बताइन् । उनका अनुसार ४० भैसी वितरणका लागि जर्मनीका दुई वटा क्लबले सहयोग गरेका थिए भने १४ वटा भैंसी रोटरी क्लब डिल्लीबजारले आँफै व्यवस्थापन गरेर वितरण गरेको हो ।

शनिबार आयोजित भैसी वितरण कार्यक्रममा अध्यक्ष पराजुलीसहित क्लबका पुर्व अध्यक्षहरु, पदाधिकारी तथा पदाधिकारीका सदस्य (स्पाउस) हरु सहभागी थिए । भैसी वितरणका लागि पुगेका रोटरी क्लबका सदस्यहरुलाई स्थानीयले उत्साहित हुँदै खादा मालाबाट सम्मान समेत गरेका थिए ।