उच्च अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ १० बुधवार १५:११
shares

काठमाडौँ, १० भदौ । बुधवार शेयर बजार उच्च अकंले घटेको छ । शेयर बजार ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ । २५२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७७ करोड कारोबार भएको हो ।
उच्च अकंले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि माथिल्लो हेवाखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले १०.४३ प्रतिशतका दरले कमाएका छन् भने १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि ७ प्रतिशत नबिल डिबेन्चर २०८९का लगानीकर्ताले ५.६२ प्रतिशतका दरले कमाएका छन् भने मेगा म्युचुअल फन्ड(१का लगानीकर्ताले ४.२५ प्रतिशतका दरले कमाएका छन् ।















