Dhulikhel Eco Banner new

बट्टार र त्रिशूली बजारमा विद्युत् सेवा पुनः सुरु

754
shares

काठमाडौँ, ११ भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनः सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्था मार्फत बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो । बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनस्र्थापना गर्ने काम अघि बढाएको थियो ।

उक्त व्यवस्थापछि बट्टार, त्रिशूली बजार लगायत आसपास क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ ।