Dhulikhel Eco Banner new

गण्डकी प्रदेश सरकारद्वारा रसुवा बाढीपीडितलाई चार करोड सहयोग

533
shares

काठमाडौं, १२ भदौ । गण्डकी प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।धार्मिक यात्रा तथा अन्य कामका लागि रसुवा पुगेर सम्पर्कविहीन भएका गण्डकी प्रदेशका नागरिकहरूलगायत सबैको खोजी र उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायहरूसँग तीव्र समन्वय गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

उनले संकटको यस घडीमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन उद्योगी, व्यवसायी, राजनीतिक दल र नागरिक समाजलाई अपिल गरेका छन् । साथै, विपद्को समयमा भ्रामक र अपुष्ट सूचनाको प्रचारप्रसार नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न पनि मुख्यमन्त्रीले विशेष आग्रह गरेका छन् ।