Dhulikhel Eco Banner new

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रसुवा बाढीपीडितलाई २ करोड सहयोग

1.5K
shares

काठमाडौं, १२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका मन्त्रीहरूको एक एक महिनाको पारिश्रमिक पनि सहयोग गर्ने निर्णय गरिएको छ ।

बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोलीसमेत पठाउने निर्णय गरेको छ। बाढीका कारण प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा आवश्यक औषधि व्यवस्थापनका लागि स्वास्थ्य टोली परिचालन गरिने सरकारले जनाएको छ।