Dhulikhel Eco Banner new

बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न सरकारको आग्रह

338
shares

\काठमाडौँ, १२ भदौ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेको भन्दै प्रधानमन्त्रीको सचिवालयले त्यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको हो।

प्रधानमन्त्रीको सचिवालयले विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग र उचित व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्युआर कोड तथा बैंक खाता नम्बरमा मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

“विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ।