नेपालका बाढीपीडितका लागि यूएईले साढे एक अर्ब रुपैयाँ सहयोग गर्ने
वि.सं.२०८३ भदौ १२ शुक्रवार १२:३८
shares

काठमाडौं, १२ भदौ । संयुक्त अरब इमिरेट्स (यूएई)ले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि १ एक करोड अमेरिकी डलर अर्थात करिब १ अर्ब ५२ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता घोषणा गरिएको हो। बाढी तथा पहिरोका कारण ठुलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ । यूएई एड एजेन्सीमार्फत उपलब्ध गराइने उक्त सहायता प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा प्रयोग गरिनेछ।
यूएई एडका टोलीले स्थानीय अधिकारी तथा अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरी सबैभन्दा बढी प्रभावित र तत्काल सहायता आवश्यक रहेका क्षेत्रमा राहत पु¥याउने जनाएको छ ।


















