Dhulikhel Eco Banner new

हिमालयन रि इन्स्योरेन्सकी सिइओ उपासना पौडेल पक्राउ

1.08K
shares

काठमाडौं, १२ भदौ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पौडेललाई बिहीबार पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरिएको हो। नेपाल बीमा प्राधिकरणले गरेको ट्रस्ट इन्स्योरन्स ब्रोकरमा निरीक्षण गरी प्रतिवेदन दिएको थियो। उक्त प्रतिवेदन अनुसार पौडेलले बीमा ऐन २०७९ अनुसार कसुर गरेको आरोप छ।

उनले बीमालेख जारी गर्दा बीमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्यांकन गर्दा, बीमा दाबी भुक्तानी गर्दा वा बीमा व्यवसाय सञ्चालनको क्रममा अनियमितता गरेको वा आर्थिक दुरूपयोग गरेको आरोप छ।