Dhulikhel Eco Banner new

कुमारी बैंकको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

325
shares

काठमाडौं, १२ भदौ । कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर ३५ दिनसम्म पनि आवेदन नआएपछि अब भने सर्वसाधारणका लागि खुला गरिएको हो।

उक्त शेयर किन्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।