जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने
वि.सं.२०८३ भदौ १२ शुक्रवार १२:५४
shares

काठमाडौं, १२ भदौ । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
देशमा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवार तथा समुदायको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्ने घोषणा गरिएको हो। जावलाखेल ग्रुपले विपद्को यस घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नेपालीको सकुशलताको कामना गरेको छ।
कम्पनीले विपद्का बेला प्रभावित नागरिकको साथमा रहन र आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ।


















