Dhulikhel Eco Banner new

नाडा अटो शोमा अफरको गाडीमा चलखेल, रातारात बढाइयो मूल्य

715
shares

काठमाडौँ, ११ भदौ । नाडा अटो शोमा रातारात गाडीको मूल्य २ लाख बढाइएको पाइएको छ । भदौ ९ गते काठमाडौंको भृकुटिमण्डपमा आयोजना भएको ईभी लगायतका प्रदर्शनी नाडामा न्यू नाम्मी भिगो ई २ फुल एसयूभीको मूल्य नाडा अफरमा ३५ लाख ९९ हजारमा राखिएको थियो ।

तर उक्त गाडीको माग अत्यधिक बढेपछि रातारात २ लाख रुपैयाँले बढाइएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत कृष्ण सिवाकोटीले यो अफर ग्राहक झुक्याउने प्रपञ्च भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “नाडा अफरमा उक्त गाडी ३५ लाख ९९ हजारमा उपलब्ध गराइने भनिए पनि माग बढेपछि रातारात मूल्य बढाइएको हो भने यो अफरको नाममा ग्राहकलाई झुक्याउने काम होइन र ?”

उनले नाडा अटो शोमा गाडीको मूल्यमा भएको यस्तो परिवर्तनप्रति समेत प्रश्न उठाउँदै सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने बताएका छन् ।