Dhulikhel Eco Banner new

सामान्य अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

351
shares

काठमाडौँ, ११ भदौ । बिहीवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४६ कम्पनीको शेयर मूल्य बढेको छ । ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७८ करोड कारोबार भएको हो ।

सामान्य अकंले घटेको शेयर बजारमा माथिल्लो हेवाखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले गुमाएका छन् भने इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले ८.३८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ८.३८ प्रतिशतका दरले गुमाएका छन् भने माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।