GBIME

भन्सारको जागिर छाडेर पर्यटन व्यवसायमा चम्किएका माधव (भिडियो सहित)

4.62K
shares

सरकारी जागिर ! त्यो पनि भन्सारको ।
यति भएपछि जीवन जिउनलाई के चाहियो ?

आजको दिनमा पनि सरकारी जागिर भनेपछि मरिहत्ते गर्नेहरुको जमात ठूलो छ । कामगरुञ्जेल मात्रै होइन, रिटायर्ड भएपछि पनि पेन्सन आउने सरकारी जागिरमा आकर्षण हुनु स्वभाविकै हो । सरकारी जागिर पाउनकै लागि निकै मेहनत गर्नुपर्छ । तर, कतिपय यस्ता मान्छेहरु पनि जसले सरकारी जागिर छाडेर व्यवसायमा रमाएका छन् । अव्वल व्यवसायी बनेका छन् । ति मध्येका एक हुन्, पर्यटन व्यवसायी माधव दुवाडी ।

केटिएम भ्वाइसको प्रस्तुति नेक्सजेन : द अनसीन स्टोरीको पहिलो अंकमा हामी उनै माधव दुवाडीसँगको जीवन यात्रा, संघर्ष र भोगाईको कुराकानी प्रस्तुत गर्दैछौँ ।

धादिङको नौविसेमा जन्मिएका माधव उमेरले एक वर्ष नपुग्दै चितवन बसाइ सर्नुपर्यो । धादिङमा बासेमात्रै सर्न पाएका माधवको कर्मथलो भने चितवन नै बन्यो । धादिङको पाखा पखेरोको मिठो माया बोकेर उनको परिवार चितवन पुगेको थियो ।

माधव दुवाडीले प्राथमिकदेखि उच्च शिक्षासम्मको यात्रा चितवनमै पुरा गरे । धादिङको किसान परिवारमा जन्मिएका माधव पढाइसँगै जागिरे जीवन सुरु भयो । उनले पहिलो जागिरका रुपमा विरगञ्ज भन्सारमा काम सुरु गरे । खरिददार त्यो पनि अस्थायी । हुनत, भन्सारको जागिरले उनलाई पुग्दो नै थियो । तर, त्यहीँ जागिरमा टिकिराख्न भने उनी सकेनन् । एक वर्ष नपुग्दै उनले भन्सारको जागिर छाडे ।

उनी चितवन नै फर्किए । प्राइभेट कम्पनीमा पनि काम गरेको उनीसँग अनुभव छ । हो त्यहीँ अनुभवले उनले व्यापारमा हात हाले । व्यापारमा पनि उनले पर्यटन क्षेत्रलाई रोजे । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच भएका माधव दुवाडीले चितवनमै होटल सेभेनस्टार सञ्चालनमा ल्याए । सेभेनस्टार एउटा ग्राण्ड प्रोजेक्ट थियो, ग्राण्ड सक्सेस नै भयो । होटल व्यवसायमा लगानी सुरु गरेयता माधवले पछाडि फर्कनु परेको छैन ।

पर्यटन क्षेत्रमा जमेका माधव दुवाडीसँग आज हामी केही रमाइला कुरा गरेका छौँ । होटल व्यवसायी संघका क्षेत्रीय कोषाध्यक्ष समेत रहेका दुवाडीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्….

Follow Up

शिखर सुज : रामकृष्णको संघर्षले बनेको नेपाली ब्राण्ड

शिखर सुज : रामकृष्णको संघर्षले बनेको नेपाली ब्राण्ड