GBIME

सुनको मूल्य तोलामा दुई हजारले वृद्धि

13.7K
shares

काठमाडौं, २० वैशाख । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा १ लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै बुधबार १ लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने १ हजार छ सय ४५ निर्धारण भएको छ ।