GBIME

गोरखा पुगेर एकनाथ ढकालले भने- कांग्रेस, एमाले र माओवादी मिल्नैपर्छ

480
shares

काठमाडौं, २३ वैशाख  ।  प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले देशमा राजनीतिक स्थायित्वका लागी ठुला राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका ढकालले पत्रकारहरुसँगको भेटमा देश लामो समयदेखी राजनीतिक अस्थिरतामा गुज्री रहेकाले यसबाट मुक्त हुन नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका हुन् ।

‘मुलुकमा बिगत लामो समयदेखी राजनीतिक अस्थिरता छाइरहेको छ, एक वर्षमै ३ पटकसम्म गठबन्धन परिर्वतन भएको छ, यसले मुलुकलाई अस्थिरता तर्फ डोहोराईरहेको छ, ’ उनले भने, ‘राजनीतिक स्थायित्व नभएसम्म देश बिकास हुन कठिन छ । यो अस्थिर अवस्थामा मुलुकलाई कमजोर बनाउन विभिन्न शक्तिहरुले झन् अवसर पाउदै छन् । त्यसैले ठुला राजनीतिक शक्तिहरु एक भएर स्थिर सरकार र राजनीतिक स्थायित्व कायम गर्नु आजको आवश्यकता हो ।’ ठुला शिर्ष दलका नेताहरुको सम्बन्ध सुधार हुँदै गएकोले यो सम्भावना रहेको पनि उनले बताए ।

अहिले बजेट अधिबेशन आउन लागेको भन्दै उनले बजेटमा गोरखाले प्राथमिकता पाउनु पर्ने दावी गरे । ‘गोरखाबाट जितेर गएका व्यक्ति मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, यो अवस्थामा गोरखाको बिकासमा कायापलट हुने गरी बजेट बिनियोजन हुनुपर्छ, यो हाम्रो अधिकार पनि हो,’ उनले भने, ‘बुढीगण्डकी आयोजना, बेनिघाट लार्के सडक, गोरखकाली रबर उद्योग, पालुङटार एयरपोर्ट जस्ता ठुला आयोजना संचालन गर्नका लागी आउँदो बजेटले प्राथमिता पाउनुपर्छ । यस विषयमा म संसदमा आवाज उठाउनेछु ।’ साथै उनले, विभिन्न साम्प्रदायिक द्धन्द्ध भड्काउने प्रयास भईरहेको भन्दै सामाजिक सदभाव भड्किन नदिन सचेत रहन पनि आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव काजीराम रोका, परिवार दलका महामन्त्री प्रकाशबाबु थापा, सह- महामन्त्री मनोज कुमार सुर्खेती लगायतका नेताहरुले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए ।जिल्ला प्रशासन कार्यलय गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको संयोजकत्वमा आयोजित अर्को एक अन्तरक्रिया कार्यक्रमा नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले बिभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, बन तथा सुरक्षा निकायका प्रमुख हरुलाई जिल्लामा बिध्यमान जटिल समस्या हरुसँग जुधेर उचित निकास निकाल्नुपर्ने र यो सबै सामुहिक प्रयत्नबाट मात्र सम्भव हुने भन्दै भ्रष्ट्राचार सुन्य जिल्ला बनाउन पनि मद्दत हुने धारणा राखेका थिए।