GBIME

नेक्सजेनले भित्र्याउने भयो वैदेशिक लगानी, लगानी सम्मेलनमै भयो सम्झौता

2.88K
shares

काठमाडौं, १७ वैशाख । नेक्सजेन सोलुसन प्रालिले वैदेशिक लगानी भित्र्याउने भएको छ । विदेशी लगानी भित्र्याउनका लागि कम्पनीले कोरियन कम्पनीसँग सम्झौता गरेको हो ।

लगानी सम्मेलनको दोस्रो दिन होटल सोल्टीमा आयोजित विशेष समारोहमा नेक्सजेन र कोरियन कम्पनी एम.ए.बि.सी. इन्भेष्टमेन्ट ग्रुपबीच नेपालका लागि चिनियाँ राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेक्सजेनका तर्फबाट संस्थापक माधव दुवाडी र काेरिएन कम्पनी एम.ए.बि.सी. इन्भेष्टमेन्ट ग्रुपका तर्फबाट अध्यक्ष जियाेज याेंग लीले  हस्ताक्षर गरेका छन् ।

कोरियन कम्पनी एम.ए.वि.सी.ले उद्योग व्यवसाय, हरित उर्जा, सेवामूलक उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरुमा वैदेशिक लगानी ल्याउन नेपाल सरकारसँग स्वीकृति लिएको छ । सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फतस्थापना र सञ्चालन हुने यस्तो उद्योग व्यवसायमा नेक्सजेनले सहजिकरण तथा परामर्श सेवा उपलब्ध गराउनेछ ।