GBIME

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

13.87K
shares

काठमाडौं, २८ वैशाख । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा २ हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार छ सयमा कारोबार भएको थियो ।

शुक्रबारका लागि भने छापावाला सुन तोलामा १ लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन  एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला १ हजार छ सय ८५ मा कारोबार भएकामा शुक्रबारका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।