Dhulikhel Eco Banner new

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकले वार्षिक १० हजार रुपैयाँ भत्ता पाउने

871
shares

काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै मञ्जली शाक्य बज्राचार्यले ७६ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप वार्षिक एकमुष्ट १० हजार रुपैयाँका दरले भत्ता वितरण गर्ने कार्यक्रमका लागि आगामी वर्ष पनि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले विपन्न नागरिकको स्वास्थ्य उपचार सहयोगका लागि थप १ करोड रुपैयाँ विनियोजन गर्नुका साथै मासिक ५ हजार रुपैयाँका दरले स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।