Dhulikhel Eco Banner new

अब प्रहरीको तलब पनि प्रत्येक १५ दिनमा

1.2K
shares

काठमाडौं, १० असार । सरकारले अबदेखि प्रहरीलाई पनि १५ दिनमा तलब दिने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभागले परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार १५ दिनमा तलब दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्रबमोजिम आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने प्रणालीमा आवश्यक व्यवस्था मिलाइएकोे छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित कार्यालयहरूलाई सोहीबमोजिम व्यवस्था मिलाई कार्यान्वयन गर्न अनुरोध गरेको छ ।