GBIME

सि.जी ईलेक्ट्रोनिक्स्का डिलरहरुलाई थाईल्यान्ड भ्रमण

1.34K
shares
काठमाडौं, ३० चैत । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि.जी ईलेक्ट्रोनिक्स् अन्तर्गन रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका  आफ्ना  ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गर्ने भएको छ ।
बर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराई मनोरञ्जन प्रदान गर्ने भएको छ ।
यतिमात्र नभएर सि.जी ईलेक्ट्रेनिक्स्ले सहभागी सम्पूर्ण डिलरहरुलाई खाना वस्न लगायत यातायातको पनि ब्यबस्था गर्ने छ । सि.जी ले बर्षै पिच्छे आफ्ना उत्कृष्ट डिलरहलाई यस्तो सुनौलो बिदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ ।