GBIME

मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

4.02K
shares

काठमाडौं, ४ असार । केन्द्रीय बैंकले मुद्रा आपूर्तिको व्यवस्था कायम गर्न बनाउने विधि नै मौद्रिक नीति हो । सामान्यतः बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्छ । सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ भने बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउने काम राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्दै आएको छ । खासगरी कुनै निश्चित आर्थिक उद्देश्य प्राप्त गर्नका लागि मौद्रिक नीति ल्याइन्छ ।

सरकारले ल्याएको बजेटको लक्ष्य पूरा गर्न मौद्रिक नीतिले सहयोग पु¥याइरहेको छ कि छैनन् भन्ने कुरा केन्द्रीय बैंकले नियालिरहेको हुन्छ । त्यसैले हरेक ३ महिनामा यसमाथि समीक्षा गरिन्छ । यसमा अर्थव्यवस्थाको स्थिति हेर्दै राष्ट्र बैंकले आवश्यक निर्णय लिने गर्छ । यसको असर अर्थव्यवस्थामा पर्छ ।

केन्द्रीय बैंकले अर्थव्यवस्थामा कसरी यसको प्रयोग गर्छ ?

१. अर्थव्यवस्थामा ब्याजदर, मौद्रिक र विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्र तथा भुक्तानी प्रणालीको सुदृढीकरण, वित्तीय पहुँचजस्ता पक्षमा मौद्रिक नीतिको जोड हुन्छ । यी सबै विषयमा नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्तिमा सरकारलाई सघाउ पु¥याउनु नै मौद्रिक नीतिको प्रमुख उद्देश्य हो ।

२. मौद्रिक नीति यस्तो अस्त्र हो, जसको मद्दतबाट राष्ट्र बैंकले अर्थव्यस्थामा पैसाको आपूर्तिलाई नियन्त्रित गर्ने गर्छ ।

३. मौद्रिक नीतिमा अर्थतन्त्रका थुप्रै महत्त्वपूर्ण योजना निर्भर हुन्छन् । महँगीमा अंकुश, मूल्यमा स्थिरता, टिकाउ आर्थिक विकास दरको लक्ष्यजस्ता कुरालाई मौद्रिक नीतिले समेटेको हुन्छ । रोजगारीका अवसर सिर्जना गर्नु पनि यसका उद्देश्यहरूमध्ये एक हो ।

४. अर्थव्यवस्थामा पैसाको आपूर्तिमा बैंकको क्यास रिजर्भ रेसियो वा ओपन मार्केट अपरेसनले सिधा असर गर्छ । रिपो रेट र रिभर्स रिपो रेटमार्फत कर्जाको लागतलाई बढाउन वा घटाउन सकिन्छ ।

५. राष्ट्र बैंकले मौद्रिक नीतिमा प्रमुख ब्याज दरलाई घटाइदिएका बेला यसबाट अर्थव्यवस्थामा पैसाको आपूर्ति बढ्ने बाटो खुल्छ । बजारमा नगद बढेपछि आर्थिक गतिविधि पनि बढ्छ ।

६. केन्द्रीय बैंकले ब्याज दर बढाउँदा अर्थव्यवस्थामा नगदको मात्रा घट्न जान्छ । यसले उत्पादन र खपत दुवैमा विपरीत असर पार्छ । सँगै अर्थव्यवस्थाको रफ्तार पनि घट्छ ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?