Dhulikhel Eco Banner new

राम नरेशले कसरी कमाए अकुत सम्पत्ति ? सम्पति शुद्धिकरणमा लिखित जवाफै दिएनन्

8.76K
shares

काठमाडौं, ४ जेठ । पर्साका एक सुन व्यापारीले अकुत सम्पत्ति आर्जन र दोहोरो नागरिकताका विषयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । पर्साका रामनरेश साह सोनारविरुद्ध विभागमा उजुरी परेको हो । सोनारविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको मात्रै होइन दोहोरो नागरिकता समेतमा छानविन हुनुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीमा भनिएको छ , ‘भारतमा बच्चा साह सोनार बनेर हिँड्ने र नेपालमा राम नरेश साह सोनार बनेर सुनको अवैध कारोबार गरि छोटो अवधिमा अरबौँको अवैध सम्पत्ति जोड्न सफल भएका राम नरेश उर्फ ‘बच्चा’विरुद्ध अनुसन्धान गरी आवश्यक कारबाही गरिपाउँ ।

पर्सा जिल्लाबाट नागरिकता हासिल गरेका बच्चा उर्फ राम नरेश सोनार भारत विहारको समेत नागरिक भएको सप्रमाण जिल्ला प्रशासन कार्यालय पर्सा र गृह मन्त्रालयमा परेको उजुरी तथा दोहरो नागरिकको हैसियतमा विभिन्न खाले अवैध कारोबार मार्फत कालो धन आर्जन गरेको विषयमा छानविन गर्न उजुरीकर्ताले माग गरेका छन् ।

उनी विरुद्ध गृहमन्त्रालयमा दोहोरो नागरिकताका विषयमा एक व्यक्तिले ठाडो उजुरी समेत दिएका छन् । यद्यपि यस विषयमा छानवीन भने भएको छैन । दोहोरो नागरिकता एवं अकुत सम्पत्ति जोडेको सम्बन्धमा विचाराधीन अवस्थामा रहेका मुद्दाबाट जोगिन ‘बच्चा सोनार’ले भने शक्तिकेन्द्रमा सेटिङ मिलाएको दाबी गर्न थालेका छन् । उनले आफू नजिकका केही व्यापारीहरुलाई समेत यो कुरा सुनाएका छन् ।

सोनारले केटिएम भ्वाइससँगको कुराकानीमा पनि आफूविरुद्ध उजुरी परेको स्वीकार गरे । उनले यस विषयमा केही कारबाही प्रक्रिया अघि नबढेको पनि बताए । ‘उजुरी परेको रहेछ, खै कसले हालिदियो’ उनले भने, ‘म सम्पत्ति शुद्धिकरण विभाग पुगेर आफ्नो कुरा राखेर आएँ ।’

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बच्चा सोनार उर्फ राम नरेश सोनारलाई सम्पत्ति विवरण भरी बुझाउन पत्राचार गरेपनि सोनारले महिनौदेखि विभागको पत्रको लिखित जवाफ दिएका छैनन् । सोनारले पनि आफूले लिखित जवाफ नपठाएको बताए ।

उनले छानबिनको फाइल र मुद्दा रफादफा गर्न शक्ति केन्द्रमार्फत विभागमा सेटिंग मिलाईसकेकोले पत्रको जवाफ दिन नपर्ने गरी निर्धक्कका साथ आफ्नो कारोबार संचालन गरिरहेका छन् ।