सुर्खेतमा मिनिबस दुर्घटना हुँदा २ जनाको ज्यान गयो, १६ जना घाइते
वि.सं.२०८१ जेठ ७ सोमवार १७:५४
3.95K
shares
shares

काठमाडौं, ७ जेठ । सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का शेरबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।
दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०१ ००२ ख ०७५२ नम्बरको मिनिबस आज दिउँसो साढे १ बजे वीरेन्द्रनगर नजिकै कटुका र कपासेबीचको जङ्गलमा दुर्घटनामा परेको हो ।
यस्तै दुर्घटनामा १६ जना घाइते भएका र उनीहरूको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।



















