मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त
वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:४८
shares

काठमाडौं, ४ वैशाख । मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकमा कार्यरत हालका सीईओ प्रद्युम्न पोखरेलको कार्यकाल २०८३ साल बैशाख मसान्तबाट सकिन लागेसँगै सञ्चालक समितिले नयाँ नेतृत्व चयन गरेको हो।
बैंकको सञ्चालक समितिको २०८३ साल बैशाख ३ गते बसेको ३७१औँ बैठकले तारा मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार मानन्धरले २०८३ साल जेठ १ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि सीईओको जिम्मेवारी सम्हाल्नेछन्। हालका सीईओ पोखरेलको कार्यकाल समाप्त हुनुअघि नै नयाँ नेतृत्व चयन गरिएको बैंकले जनाएको छ।


















