Dhulikhel Eco Banner new
HRM

‘अर्थतन्त्र गतिशील बनाउन नीति नै ठिक छैन’

नेपालको अर्थतन्त्र डामाडोल, वित्तीय संस्थामा खराब कर्जा र व्यवसाय पलायनको चिन्ता

1.79K
shares

काठमाडौं, ४ माघ । देशको अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको छ । नेपालका बैंक वित्त संस्थाहरूमा खराब कर्जा बढ्दो क्रममा छ । पछिल्लो समय कर्णाली डेभलपमेन्ट बैंक समस्या ग्रस्त घोषणा भई नेपाल राष्ट्र बैंकको कब्जामा पुगेको छ। यसैगरी पोखरा फाइनान्स कम्पनी, जानकी फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक लगायतका वित्तीय संस्थाहरू उच्च खराब कर्जाका कारण समस्याग्रस्त अवस्थामा छन्।

पूर्व गभर्नर दिपेन्द्र क्षेत्रीले नेपाल राष्ट्र बैंकले तरलता खिचेर अर्थतन्त्रलाई गतिशील बनाउने नीति उपयुक्त नभएको बताएका छन् । राज्य कृषिप्रधान देश भए पनि निर्यातभन्दा आयात बढी भएको र सरकारले उत्पादनमूलक क्षेत्रमा बेवास्ता गर्दा आयात बढ्दै गएको बताए । नेपालमा दिगो रुपले व्यवसाय गर्न अनुकूल नभएकाले व्यवसायहरु पलायन हुँदै गएको उनले बताए। बैंक तथा वित्तीय क्षेत्रमा एक दुई संस्थामा समस्या पर्दैमा समग्र बैंकिङ क्षेत्रमा असर पर्ने भन्ने हुदैन्।

नेपाल बोटल वाटर उद्योग संघको पूर्व अध्यक्ष धर्म श्रेष्ठले बैंकको नीति व्यापार र उद्योगलाई समान रुपले हेर्दा समस्या उत्पन्न भएको बताएका छन् । सरकारले देशमै लगानी गरेर पुँजी संरक्षण गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । नेपाल कृषिप्रधान देश भएपनि सरकारले किसानको आवाजलाई बेवास्ता गरेको उनको भनाई छ । देशको समग्र अर्थतन्त्र नै रेमिट्यान्सले धानेको समेत बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष सागर पाण्डेले नेपालमा वास्तविक किसानले अनुदान नपाएको बताएका छन् । बैंकहरुले बिना धितो कर्जा प्रवाह नगरेसम्म युवाहरु विदेश पलायन हुने क्रम नरोकिने समेत बताए । सरकारले व्यापार व्यवसाय गर्नेलाई भन्दा पनि उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । सरकारले निजी कम्पनीहरुलाई पाखा लगाएको समेत उनले जिकिर गरे ।