साल्ट ट्रेडिङ विराटनगरका हाकिमविरुद्ध अख्तियारमा उजुरी
वि.सं.२०८१ माघ २३ बुधवार १६:५३
shares

काठमाडौं, २३ माघ । साल्ट ट्रेडिङ कर्पोरेशन बिराटनगर कार्यालयका प्रमुख राधेश्याम चौधरीविरुद्धमा अख्तियार दुरुपयोग आयोग क्षेत्रिय कार्यालय इटहरी सुनसरीमा उजुरी दर्ता भएको छ ।
चौधरी माथि साल्ट ट्रेडिङको सामान खरिदमा अनियमितता गरेको, संस्थानको सम्पत्ति शोषण, अनैतिक लाभ लिएको जस्ता गम्भीर आरोपमा उजुरी परेको हो । उनी माथि आफ्नै संस्थाका कर्मचारीहरुले समेत भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधान कार्यालय काठमाडौंसम्म उजुरी परेको थियो ।
यो पनि पढ्नुहोस् : सितापाइला सहकारीमा सञ्चालकको बद्मासी, बचतकर्ताको रकम दुरुपयोग गरेर जग्गामा लगानी
काठमाडौं कार्यालय श्रोतले केटिएम भ्वाइसलाई दिएको जानकारी अनुसार पुस २६ गते कार्यालय प्रमुख चौधरीले माताहतका कर्मचारीहरुलाई कार्यकक्षमै बोलाएर आफ्नो विरुद्ध नबोल्न धम्की दिएका थिए । आफ्नो विरुद्ध बोले ठिक नहुने भन्दै उनले केही कर्मचारीहरुलाई त हातपात नै गर्न तम्सिएको विषय लिखित उजुरीमा समेत उल्लेख गरिएको थियो ।
उजुरीका विषयमा बुझ्न हामीले साल्ट्र ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीलाई सम्पर्क गरेका थियौँ । संस्थानको वेवसाइटमा राखिएको मोवाइल नम्बर ९८५१३४८८४६ मा पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।
यो पनि पढ्नुहोस् : साल्ट ट्रेडिङ बिराटनगरका हाकिम ‘भ्रष्टाचारमा लिप्त’, कर्मचारीले नै उठाए आवाज
त्यसैगरी हामीले यस विषयमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई पनि सम्पर्क गरेका थियौँ । तर पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।
यस विषयमा आरोपित कार्यालय प्रमुख चौधरीसँग सम्पर्क गर्दा उनले शुरुमा आरोप अस्वीकार गरेका थिए । उनले आफू माथि अनियमितताको आरोप लगाउदै आफ्नै कर्मचारीले उजुरी गरेको भने स्वीकार गरेका थिए ।