Dhulikhel Eco Banner new
HRM

एल. जी नेपालको ४० प्रतिशत क्यासब्याक र पक्का उपहारसहित नयाँ वर्षको विशेष

1.09K
shares

काठमाडौं, २२ चैत । एल. जी नेपालले आफ्नो ४० वर्षे सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । “४० वर्षदेखि घरघरमा एलजी“ भन्ने नारासहित ल्याइएको यस योजनामा उपभोक्ताले ४० प्रतिशत सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने भएको हो ।

कम्पनीका अनुसार यो योजना एल. जी का प्रमुख उत्पादनहरू जस्तै टिभी, फ्रिज, वाशिङ मेसिन, एसी र भ्याकुम क्लिनरमा लागू हुनेछ। एल. जी नेपाल का स्मार्ट उपकरणहरू, जसमा ीन् त्जष्लत्त टेक्नोलोजी प्रयोग गरिएको छ ।

नेपाली उपभोक्ताको जीवनशैलीलाई अझ सरल र प्रविधिमैत्री बनाउने लक्ष्य कम्पनीले राखेको छ । यस योजनाले उपभोक्तालाई ४० प्रतिशतसम्मको क्यासब्याक, प्रत्येक खरिदमा पक्का उपहार र अन द स्पोट इएमआई तथा एक्सचेञ्जको सुविधा प्रदान गर्नेछ। एल. जी नेपालले ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा र प्रविधिको नवीनतम समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो योजना चैत २१ गतेदेखि नेपालभरका एल. जी शोरूम, अधिकारिक डिलर र सि. जी डिजिटलका शाखाहरूमा लागू हुने कम्पनीले जनाएको छ ।